काठमाडौं, ९ फागुन । सुनको मूल्यले शुक्रवार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँ बढेसंगै सुनको मूल्यमा नयाँ रकर्ड कायम भएको हो ।
विहिवार प्रतितोला ७७ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा शुक्रवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७८हजार १०० रुपैयाँ कायम भएसंगै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
शुक्रवार तजावी सुनको मूल्य पनि प्रतितोला ५०० रुपैयाँले नै बढ्यो ।
विहिवार प्रतितोला ७७ हजार ३०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा शुक्रवार ५०० रुपैयाँ बढ्दै प्रतितोला ७७ हजार ८०० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।
चाँदीको मूल्यमा भने शुक्रवार कुनै परिवर्तन भएन् । आज चाँदीको मूल्य प्रतितोला ९ सय १५ रुपैयाँ कायम भएको छ ।
चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसको कारण अन्तर्राष्ट्रिय वित्त बजारमा मन्दी आएसंगै सुनको मूल्य रेकर्ड कायम गर्दै बढेको व्यवसायीहरु बताउछन् ।
सुनको मूल्य वृद्धिकतिमा पुगेर रोकिन्छ भन्ने अनुमान नै गर्न नसकिने महासंघले बताएको छ ।

























