चलचित्र ‘परदेशी- २’ को शुभ मुहुर्त

काठमाडौं, ९ फागुन । चर्चित गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको निर्देशनमा बन्न लागेको चलचित्र ‘परदेशी २’ को शुभ मुहुर्त गरिएको छ ।

महाशिवरात्रिको अवसर परेर निर्माण युनिटटिमले कमलादी स्थित गणेश मन्दिरमा शुभ मुहुर्त गरेको हो ।

चलचित्रमा गायन यात्राबाट चर्चामा आएका प्रकाश सपूतको डेब्यु अभिनय रहनेछ । प्रकाशको ‘अन स्क्रिन’ जोडीको रूपमा वर्षा शिवाकोटी देखिने छिन् ।

रोजगारीको सिलसिलामा परदेश गएका युवाहरूको कथामा रहेर निर्माण हुने चलचित्रमा निर्देशककै कथा तथा रमेश बिजीको लेखन र राजेश वंशलको लगानी रहेको छ।

‘परदेशी २’ले समेत आउँदो बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेपछि आउँदो बर्षको दशैंमा चलचित्रको महाभिडन्त हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here