१८ महिनामा सांसदले लिए २६ लाख उपचार खर्च, ३ सय ५० सम्मको बिल

काठमाडौं, ११ फागुन । दुई–पाँच हजार सांसदका लागि केही होइन । सामान्य खाजा खर्चमै कतिपय बेला सांसदहरुले हजारौं उडाइरहेका हुन्छन् ।

१८ महिनामा राज्यकोषबाट आकर्षक तलबभत्ता लिइरहेका संघीय संसद्का ८७ जना सांसदले उपचार खर्चका नाममा राज्यकोषबाट सुविधा लिएका छन् ।

२०७५ भदौदेखि २०७६ माघसम्मको करीब १८ महिनामा सांसदहरूले २६ लाख २७ हजार ३ सय १० रुपैयाँ ५० पैसा उपचार खर्च बुझेका छन् । जसमा ३ सय ५०रुयैयाँ देखि साढे ४ लाखसम्मको बिल पेश गरेका छन् ।

तर यस्ता पनि सांसद छन्, जसले राज्यकोषबाट प्राप्त हुने एक रुपैयाँ पनि छोड्न चाहँदैनन । त्यस्तै मध्येका सांसद समाजवादी पार्टीकी रेणुका गुरुङ छिन्, उनले २०७६ वैशाख १५ गते ३ सय ५० रुपैयाँ बुझेकी छिन् । गुरुङले त्यसअघि २०७५ भदौ १४ मा १ हजार ७ सय २५ रुपैयाँ उपचार खर्च बुझेकी थिइन् ।

उनले आफू विरामी परेको भन्दै राज्यकोषबाट उपचारका लागि उक्त रकम बराबरको बिल सांसद सचिवालयमा दर्ता गराएर त्यसबापतको रकम बुझेकी छिन् ।

आफ्नो सामान्य उपचार खर्च आफैले गर्न सक्ने हैसियतमा सांसदहरु हुन्छन्, तर उनीहरुले सामान्य रुघाखोकी लागेको विलको रकम पनि संसद सचिबालयबाट लिएको सुन्दा अचम्म मान्नु पर्दैन ।

सबैभन्दा बढी भने बाग्लुङ १ की सांसद शान्तिकुमारी अधिकारीले लिएकी छिन् । उनले सबैभन्दा धेरै उपचार खर्च बुझ्नेमा नेकपा सांसद शान्तिकुमारी अधिकारी जिसी छन्, उनले पटक–पटक गरी ४ लाख ३२ हजार १ सय ८८ रुपैयाँ बुझेकी छन् ।

संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ मा सांसद तथा संसद्का पदाधिकारीलाई उपलब्ध गराइने उपचार खर्चसम्बन्धी व्यवस्था छ ।

ऐनको दफा १४ उपदफा (१) ले भन्छ– ‘पदाधिकारी र सदस्यलाई उपचारको निमित्त संघीय संसदको सचिवालयमा वरिष्ठ चिकित्सकको निःशुल्क सेवा उपलब्ध गराइनेछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here