सेयर बजारमा ‘सर्किट ब्रेक’, दुई घण्टामै दुई अर्ब बढीको कारोबार

काठमाडौं, ११ फागुन । सेयर बजारमा ‘सर्किट ब्रेक’ लागेको छ ।

कारोबार सुरु हुनेवित्तिकै उच्च अंकले बढ्न थालेको सेयरमा नेप्से परिसूचक बढेपछि सर्किट ब्रेक लागेको हो ।

साताको पहिलो दिन १ बजेर २० बजेसम्म नेप्से ७४ अंकले बढेर १५ सय ८ अंकमा पुगेको छ ।

नेप्से उच्च अंकले बढिरहेको अवस्थामा बजारमा २ अर्ब २३ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । जसमध्ये बीमा समूह अग्रस्थानमा रहेको छ । जीवन बीमा २८३ र निर्जीवन बीमा १६४ अंकले उकालो लागेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here