तपाईंलाई थाहा छ युट्युबमा अपलोड भएको पहिलो भिडियो कुन हो ? (भिडियो सहित)

काठमाडौं । संसारमा कमै मानिसहरु होलान जसलाई युट्युको बारेमा थाहाँ छैन् । युट्युब अनलाइन भिडियोका लागि एकदमै चलेको साइट हो ।

अहिले प्राय विश्वका हरेक घटना, फिल्म, गीत तथा अन्य विभिन्न प्रकारका सामग्रीहरु युट्युबमा सजिलै पाइन्छ । हरेक फुर्सदिला मानिसहरु आफ्नो समय युट्युबमा नै बिताईरहेका हुन्छन् ।

नेपालको कुल जनसंख्याको ६७ प्रतिशत भन्दा बढी जनताले इन्टरनेट चलाउने गरेका छन् । जसमा ४५ प्रतिशत भन्दा धेरै नेपालीहरुले युट्युब चलाउने गर्छन् ।

एक अध्ययनको अनुसार युट्युबमा विश्वभरबाट प्रतिसेकेन्ड सयौं भिडियो अपलोड भइरहेका हुन्छन् । यसमा सबैको चासोको विषय हुनसक्छ युट्युवमा सबैभन्दा पहिले कसले कुन भिडियो राख्यो होला ?

युट्युबमा पहिलो भिडियो भने सन् २००५ को अप्रिल २३ मा भएको थियो।

यो भिडियो अमेरिकी समय अनुसार रातको ८ बजेर २७ मिनेटमा युट्युबका सहसंस्थापक जावेद करिमले अपलोड गरेको थिए । जसको शीर्षक ‘मि एट द जू’ रहेको छ ।

हाइस्कुलका साथी याकोभ लापित्स्कीले खिचेको झण्डै २० सेकेन्ड लामो यो भिडियो क्लिप ८ करोड ५८ लाख भन्दा धेरैपटक हेरिएको छ।

यस्तो छ भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here