डु प्लेसिस र मिलरले अन्तिम लाईनमा समाएको त्यो क्याच (भिडियो सहित)

काठमाडौं । दक्षिण अफ्रिकाले दोस्रो टि ट्वान्टी प्रतियोगितामा अष्ट्रेलियालाई १२ रनले हराउदै सिरिजमा १/१ को बराबरी बनाएको छ ।

आइतवार भएको खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई १ सय ५९ रनको लक्ष्य दिएको थियो । अन्तीम ४ ओभरमा अष्ट्रेलियालाई जितको लागि ३२ रन चाहिएको थियो । तर, पाहुना टोली अष्ट्रेलिया अन्त्यमा १२ रनले हार्न पुग्यो ।

दक्षिण अफ्रिकाको यस जितमा डु प्लेसिस र मिलरको एउटा क्याचको ठूलो योगदान रह्यो । खेल एकपक्षीय बन्दै गर्दा यी दुईले अन्तिम लाइनमा उत्कृष्ट क्याच गर्दै अष्ट्रेलियाका सर्न मार्सलाई आउट गरेसंगै दक्षिण अफ्रिका खेलमा फर्किएको थियो ।

यस्तो छ भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here