अमेरिकी राष्ट्रपति भ्रमणमा, सुरक्षको लागि पाँच लंगुर पनि खटाईयो

काठमाडौं, १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि सोमबार भारत पुगेका छन्। श्रीमती मेलिनिया ट्रम्प सहित

अहमदावादको सरदार भल्लाभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थल पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वागत गरेका थिए । भारतको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

ट्रम्पको सुरक्षमा पाँच लंगुर पनि खटाईएको भारतिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ट्रम्पले आगरास्थित ताजमहलमा भ्रमण गर्ने कार्यतालिका रहेको छ । त्यहाँ धेरैको संख्यामा बाँदर रहेकाले उनिहरुसँग लड्को लागि लंगुरलाई परिचालन गरिएको छ ।

अब ट्रम्प परिवारले महात्मा गान्धीको सबरमती आश्रमको अवलोकन गर्ने छन्।

उनले विश्वकै विशाल क्रिकेट स्टेडियमको उद्घाटन गर्नेछन् जहाँ एक लाख नागरिकले सहभागिता जनाउने बिबिसी हिन्दीले बताएको छ।

ट्रम्पकी पत्नी मेलिनिया ट्रम्पले दिल्लीका सरकारी विद्यालयमा पनि भ्रमण गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here