च्यापियन्स लिगः बार्सिलोना भर्सेस नेपोली, को को परे बार्सिलोनाको टिममा ?

काठमाडौं । च्यापियन्स लिग अन्तिम १६ को खेलको लागि स्पेनिस क्लब बार्सिलोनाले आफ्नो टोलि घोषणा गरेको छ ।

बार्सिलोनाले आफ्नो अन्तिम १६ को खेल यही बुधबार बिहान १ः४५ मा इटालियन क्लब नेपोलीसँग खेल्दै छ ।

थाईमा समस्या देखिएको कारण मिडफिल्डर सर्जियो रोबेर्टोलाई टिममा समावेश गरिएको छैन् ।

नयाँ परीक्षक क्विके सेनटिनले यी खेलाडीलाइ इटालियन क्लब नेपोली भ्रमणको लागि लग्दै छन् ।

टेर स्टेगेन, सेमेडो, पिकाइ, रकिटिक, सर्जियो बुस्केट्स, आर्थर, मेस्सी, नेटो, लेंगेलेट, ग्रिज्मान्, ब्रेथवेट, डी जोंग, विडाल, उमितिटी, जुनियर, आईकाकी पेआजा, रिक्की पुइग, एलेक्स कोलाडो, आन्सू फाती, रोनाल्ड अराउजो र सर्जियो अक्मे आदी रहेका छन् ।

जोडी अल्बा, सुवारेज तथा डेम्बेले जस्ता खेलाडी घाईते भएको कारण बार्सिलोना केही दबाबमा हुने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here