विश्वकै वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा

काठमाडौं, १२ फागुन । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

९४ वर्षीय मोहम्मदले सोमबार सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे । एक हप्ता लामो राजनीतिक खिचातानीपछि आइतबार राति महाथिरको पार्टीले उनको उत्तराधिकारीको रुपमा हेरिएका अनवर इब्राहिम बिना नयाँ सरकार बनाउने तयारी गरिरहेको समाचार आएको थियो ।

९४ वर्षीय महाथिर र ७२ वर्षीय अनवरबीच लामो समयदेखि राजनीतिक द्वन्द्व चलिरहेको थियो ।

तर, सन् २०१८ को निर्वाचनअघि अनवर र महाथिर एक भएर ६ दशकदेखि सत्तामा रहेको युएमएनओको बोलबाला रहेको बारिसान नेसनल गठबन्धलाई हराएका थिए । यो अनपेक्षित हारसँगै तत्कालिन प्रधानमन्त्री नाजिब रजाक सत्ताच्युत भएका थिए ।

अनवर सन् १९८१ देखि २००३ सम्म महाथिर प्रधानमन्त्री हुँदा उप–प्रधानमन्त्री थिए । सन् १९९८ मा महाथिरले उनलाई बर्खास्त गरेका थिए । लगत्तै अनवरलाई अनैतिक यौनगतिविधि गरेको आरोपमा पक्राउ गरेर जेल चलान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here