घितोपत्र बजारः नेप्से २ अंकले घट्दा ३ अर्ब ४१ करोडको कारोबार

काठमाडौं, १२ फागुन । साताको पहिलो दिन रेकर्ड कायम गर्दै बढेको शेयर बजारमा साताको दोस्रो दिन भने केही कमी आएको छ ।

सोमवार नेप्से परिसूचक १.९६ अंकले घटेर १ हजार ५ सय २.१८ अंकमा झरेको छ ।
सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ भने केही अंकले बढ्यो । सेन्सेटिभ इन्डेक्स ०.४९ अंकले बढेर ३ सय १८ अंकमा पुगेको छ ।

सोमवार बैकिङ्ग, उत्पादन तथा प्रशोधन र अन्य समुह बाहेक अरु सबै समुहको सूचक घट्यो । आज सबैभन्दा धेरै अन्य समुहको सूचक बढ्यो । अन्यको सूचक १.२१ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधन समुहको ०.७९ प्रतिशत बढ्यो भने बैकिङ्ग समुहको ०.३७ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक घट्यो । निर्जीवनको सूचक ३.०५ प्रतिशत घट्यो । त्यस्तै, ट्रेडिङ समुहको १.६१ प्रतिशत, लघुवित्तको १.१८ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

शेयर बजार ओरालो लागेपनि सोमवार कारोबारमा भने खास्सै कमी आएन । आज १ सय ७९ कम्पनीको ८३ लाख ४८ हजार २ सय ३४ कित्ता शेयर ३१ हजार २ सय ९० पटक किनबेच हुँदा ३ अर्ब ४१ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here