घरमा साना बच्चाहरु छन् ? यस्ता खेलबाट टाढा राख्नुहोस्

काठमाडौं । बच्चाहरुमा जे कुरापनि छिटो सिको गर्नसक्ने क्षमता हुनगर्नसक्ने क्षमता हुन्छ । उनीहरु कतै देखेको कुरालाई दैनिक जीवनमा उतार्न खोज्छन् ।

अहिले सामजिक सञ्जालमा पब्जी र ब्लु ह्वेल पछि ‘स्कल ब्रेकर च्यालेन्ज’ नामको खेल भाइरल भईरहेको छ । यसको नेपाली उल्था गर्दा टाउको फुटाउने खेल हुन आउछ ।

सामाजिक सञ्जाल ट्वीटरमा एउटा भिडियो राखिएको छ । जसमा एउटा बच्चा उफ्रन्छ र उसको दायाँ र बायाँ बसेका दुई साथीले उसको खुट्टामा हान्छन् र उ भुईमा लड्छ । उसको टाउको ठोकिन्छ ।

यस भिडियोको क्याप्सनमा पनि लेखिएको छ कि यो खेल कति घातक छ र यसको कारण टाउको पनि फुट्न सक्छ ।

त्यसकारण आफ्ना बच्चाहरुलाई यस्ता खेलबाट टाढै राख्नुर्छ । यदी यस्तो नगरेमा यसको नतिजा नराम्रो निस्कन सक्छ ।

यस्तो छ भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here