च्याम्पियन्स लिगः आज नेपोलीसंग बार्सिलोना र चेल्सीसंग बार्यन भिड्दै, कस्तो छ इतिहास ?

काठमाडौं । युरोपियन फुटबल प्रतोयोगिता च्याम्पियन्स लिग फुटबलमा आज दुइ खेलहरु हुँदै छ।

लिगको पहिलो खेल अन्तर्गत आज इटालियन क्लब नेपोलीले आफ्नो घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दैछ भने अर्को खेलमा इङ्ग्लिस क्लब चेल्सीले आफ्नो घरेलु मैदानमा जर्मन क्लब बार्यन म्युनिकको सामना गर्दैछ ।

नेपोली/बार्सिलोना र चेल्सी/बार्यन म्युनिकको खेल एउटै समयमा हुँदैछ । दुवै खेल नेपाली समय अनुसार राति १ः४५ मा रहेको छ ।

घरेलु लिगमा इटालियन क्लब नेपोली तेस्रो स्थानमा रहेको छ भने स्पेनिस क्लब बार्सिलोना पहिलो स्थानमा रहेको छ । यता, इङ्ग्लिस क्लब चेल्सी अंक तालिकाको चौथो स्थानमा रहेको छ भने जर्मन क्लब बार्यन अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

इटालियन क्लब नेपोलीले हालसम्म च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छैन भने स्पेनिस क्लब बार्सिलोनाले ५ पटक च्याम्पियन्स लिग फुटबलको उपाधि हात परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here