सहुलियतपूर्ण कर्जा बढ्यो, ६ महिनामा १५ अर्ब विस्तार

काठमाडौं, १३ फागुन । राष्ट्र बैङ्कले टार्गेट दिएपछि बैङ्क तथा वित्तीय संस्थाहरुले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा विस्तार गरेका छन् ।

राष्ट्र बैङ्कले वाणिज्य बैङ्कलाई पाँच सय, विकास बैङ्कलाई दुई सय र फाइनान्सलाई एक सय जनालाई सहुलितपूर्ण कर्जा दिर्नैपर्ने व्यवस्था गरेपछि बैंक तथा वित्तीय सस्था कर्जा विस्तार गरेका हुन् ।

बैंकहरुले ६ महिनाको अवधिमा १५ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन् । गत आवको असार मसान्तसम्म ३२ अर्ब रुपैयाँ मात्रै कर्जा विस्तार गरेका बैङ्क तथा वित्तीय संस्थाले पुस मसान्तसम्ममा ४७ अर्ब रुपैयाँ सहुलितपूर्ण कर्जा विस्तार गरेको हुन् ।

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ बनाई ब्याज अनुदान सहित विभिन्न ७ शीर्षकका सहुलियत कर्जा लिन पाउने व्यवस्था गरेको थियो ।

कार्यविधि संशोधन गरी हाल ९ शीर्षकमा कर्जा लिन पाइने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here