बुधवार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं, १४ फागुन । मंगलवार ३०० रुपैयाँले घटेको सुनको मूल्य आज बुधवार पनि घटेको छ ।

मंगलवार प्रतितोला ८० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा आज ५०० रुपैयाँ घट्दै प्रतितोला ७९ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार तेजावी सुनको मूल्यपनि प्रतितोला ५०० रुपैयाँले नै घट्यो ।

मंगलवार प्रतितोला ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ५०० रुपैयाँले घट्दै प्रतितोला ७९ हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्यमा पनि प्रतितोला २० रुपैयाँले घटेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here