१०१ र ९८ वर्षका दुई दिदि बहिनीको ४७ वर्षपछिको त्यो भेट…

Photo:BBC

काठमाडौं । कम्बोडियामा एक दिदिबहिनीको ४७ वर्षपछि भेट भएको छ । कम्बोडियाको स्थानिय मिडीयाको अनुसार उनीहरुको उमेर १०१ वर्ष र ९८ वर्ष रहेको छ ।

उक्त मिडियाको अनुसार उनीहरुको यो भेट ४७ वर्षपछिको पहिलो भेट हो । ९८ वर्षकी बुन सेनले ९२ वर्षको आफ्नो भाईलाई पनि भेटिन् । उनको अनुसार उनलाईसबै परिवारको मृत्यु भइसकेको खबर दिईएको थियो ।

यी दुई दिदिबहिनीले एक अर्कालाई पछिल्लो समय सन् १९७३ मा देखेका थिए । उक्त समयमा कम्बोडियामा कम्युनिस्ट पार्टीले शासन सुरु गरेको थियो । जसमा लाखौं मानिसको मृत्यु भएको थियो ।

यस क्रममा आफ्ना सबै आफन्तको मृत्यु भएको भन्ने लागेको उनीहरुले बताएका छन् ।

एक अध्ययनको अनुसार उक्त कम्युनिस्ट शासनमा २० लाख भन्दा धेरै मानिसहरुको मृत्यु भएको थियो । (बीबीसी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here