नेपाल आइपुगिन् गोरखाकी यमकुमारी थापा

काठमाडौं । मानसिक सन्तुलन गुमाएर दुबईमा अलपत्र परेकी गोरखाकी यमकुमारी थापा नेपाल फर्केकी छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधवार श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापा स्वागत गरे ।

विगत चार महिनादेखि दुवईको अस्पतालमा रहेकी थापाको उद्दारका लागि युएईमा भएका सामजिक संघसंस्थाहरुले अपिल गरेका थिए ।

नेपाली दुतावास आबुधावीको सहयोगमा गोरखा समाज युएईले हवाई टिकट उपलब्ध गराई यमकुमारीलाई नेपाल फर्काइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here