नेकपाभित्र विवाद चर्कियो

काठमाडौं, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो ।

पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् ।

प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक रुपमै भनिसकेका छन् । आगामी २० गते खाली राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री युवराज खतिवडाको ठाँउमा खतिवडालाई नै दोहोयाने अडानमा प्रधानमन्त्री ओली देखिएका छन् ।

नेकपाका नेता युवराज ज्ञावालीले पार्टीले गरेको निर्णय सर्वसम्मत हुने भएकाले सबैले मान्नुपर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here