इपिएलको पहिलो खेल क्रिस गेल र उपल थरङ्‍गाबीचको भिडन्त

काठमाडौं, १५ फागुन । एभरेस्ट प्रिमियर लिग (इपिएल) २०२० को पहिलो खेलमा पोखरा राइनोज र ललितपुर प्याट्रियट्स भिड्ने भएका छन्।

सार्वजनिक तालिका अनुसार पहिलो खेलमा क्रिस गेल सम्मिलित पोखरा राइनोजले र श्रीलंकाली पूर्वकप्तान उपल थरङ्‍गा भएको ललितपुर प्याट्रिओट्ससँग चैत १ दिउँसो २ बजे भिड्ने छन्।

प्रतियोगिताको पहिलो दिन एउटामात्र खेल हुनेछ। त्यसपछि ७ गतेसम्म दैनिक २ खेल हुनेछ त्यसपछि पुनस् दैनिक एक खेल हुनेछ।

प्रतियोगिताको फाइनल खेल चैत १५ गते शनिवार हुनेछ। ६ टिम सहभागी हुने इपिएलमा पोखरा राइनोज, ललितपुर प्याट्रियट्स, चितवन टाइगर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११ र विराटनगर वारियर्स रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here