४४ देशमा फैलियो कोरोना भाइरस, ८१ हजारभन्दा बढी संक्रमित

काठमाडौं । चीनको बुहान राज्यबाट सुरु भएको कारोना भाइरस अहिले विश्वका विभिन्न ४४ देशमा फैलिएको छ ।

कोरोनाको पछिल्लो संक्रमण ल्याटिन अमेरिकी देश ब्राजिल देखियो । कोरोनाले हालसम्म २७ सयभन्दा धेरैको ज्यान लिइसकेको छ भने ४४ देशका ८१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

चीनमा घट्यो चीनबाहिर् बढ्यो संक्रमण

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय सार्वजनिक गरेको तथ्यांक अनुसार चीनमा नयाँ संक्रमितको संख्या ४११ रहेको छ भने चीन बाहिर ४२७ रहेको छ ।

यसका साथै चीनबाहिर इटाली, स्पेन, क्रोएसिया, अस्ट्रिया, उत्तर मेसेडोनिया, अल्जेरिया इरान तथा दक्षिण कोरियामा कोरोनाको संक्रमण सबैभन्दा धेरै देखिएको छ ।

यो सँगै दक्षिण कोरियामा संक्रमितको सङ्ख्या १२ सय ६१ पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।(एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here