मौसमविद भन्छन्,‘बिहीबारसम्मै वर्षा’

काठमाडौं । बिहीबारसम्म देशका विभिन्न भागमा  वर्षा तथा आँधीहुरी चल्ने भएको छ । केही दिन देखि जारी वर्षा अझै दुई दिन चल्ने र पूर्वी तथा मध्य तराईमा आँधीहुरी आउने प्रक्षेपण जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको हो ।

महाशाखाका अनुसार मंगलबार दिउँसो पूर्वी तथा मध्य भु भागमा सामान्य बदली रहने छ । त्यस्तै पूर्वि र मध्यतराइका केही स्थानमा हुरि बतास र हिमाली भागमा हिमपातको सम्भावना छ ।

त्यसैगरी बुधबार प्राय स्थानको मौसम सफा रहेपनि अपरान्ह पश्चात सामान्य बदली भई मेघ गर्जनसहित हल्का बर्षातको सम्भावना छ ।

बिहीबार देशका पश्चिमी पहाडी भूभागका केही स्थान र पूर्वी तथा मध्य भू भागमा मेघ गर्जनका साथ हलुका वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here