टी-२० वरीयतामा सन्दीप खस्किए,पारसको सुधार

काठमाडौं, १५ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजानिक गरेको नयाँ टी-२० वरीयतामा स्पिनर सन्दीप लामिछाने दुई स्थान तल झरेका छन् ।

विहिबार सार्वजनिक गरेको सूचीमा सन्दीप दुई स्थान तल झर्दै ८६ औँ स्थानमा पुगेका हुन् । अफगानिस्तानका स्पिनर राशिद खान बलिङतर्फ वरीयताको शीर्ष स्थानमा यथावत रहेका छन् ।

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफ्नो स्थानमा सुधार गरेका छन् । टी-२० वरीयताको अलराउन्डरतर्फ पारस खड्का एक स्थान सुधार गर्दै २६ औँ स्थानमा उक्लिएका छन् ।

अफगानिस्तानका मोहम्मद नाबी अलराउन्डरतर्फ वरीयताको र्शीर्ष स्थानमा छन् । जिम्बावेका सेन विलियम्स दोस्रो स्थानमा उक्लिएका छन् भने अस्ट्रेलियाका ग्लेन म्याक्सवेल तेस्रो स्थानमा झरेका छन् ।

यूएईका रोहन मुस्तफा पाँचौ र ओमानका खावर अली छैटौँ स्थानमा छन् । नेपाली टिमका करण केसी र सोमपाल कामी अलराउन्डरतर्फ ६६ औँ स्थानमा यथावत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here