५० वर्षपछि अमेरिकामा भेटियो रेनबो स्नेक, पत्ता लगाउनेलाई ५५ हजार पुरस्कार

काठमाडौं । विश्वकै लोपन्मुख प्रजातिको सर्प रेनबो स्नेक अमेरिकाको फ्लोरिडाको जङ्गलमा फेला परेको छ । यो सर्प ५० वर्षपछि पछिल्लो हप्ता यो जङ्गलमा देखा परेको हो ।

ट्रेसि क्याथन नामका एक व्यक्तिले ४ फिट लामो यो सर्पको फोटो खिचेका थिए । यो सर्प सन् १९६९ पछि पहिलोपटक यो क्षेत्रमा देखिएको हो ।

यो सर्पमा विष हुँदैन् । यो सर्पलाई लोपन्मुख सर्पको रुपमा मानिएको छ ।

पत्ता लगाउनेलाई ५५ हजार पुरस्कार

फ्लोरिडा सरकारले यो सर्पको बारेमा पत्ता लगाउने मान्छेलाई ५०० अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here