लिवर्टी इनर्जीले फागुन २७ बाट आईपीओ निष्काशन गर्ने

काठमाडौं, १६ फागुन । लिवर्टी इनर्जी कम्पनीले फागुन २७ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत आइपीओे निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजनाको अति प्रभावित क्षेत्र लमजुङ जिल्लाको दोर्दी गाँउपालिकाको वडा नं. ६ र ७ (तत्कालीन फलेनी र डोढोडेनी गाविस) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) र प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका बाँकी वडा र बेशीसहर नगरपालिकाको वडा नं. ११ मा स्थानीयलाई छुट्याएको मध्ये ५ लाख कित्ता (३३.३३%) सेयर निष्कासन गर्न लागेको हो ।

त्यसैगरी, लमजुङ जिल्लाका सम्पूर्ण बासिन्दाका लागि बाँकी ५ लाख कित्ता (३३.३३%) सेयर पनि कम्पनीले बिक्री खुला गर्न लागेको हो । यसमा प्रतिकित्ता १०० रुपैयाँको दरले लमजुङबासीले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । यो आइपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस्तै, सो अवधिमा बिक्री नभएमा भने चैत २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

लिबर्टीलाई केही दिनअघि मात्रै नेपाल धितोपत्र बोर्डले ३७ करोड ५० लाख ४० हजार रुपैयाँ बराबरको ३७ लाख ५० हजार कित्ता आइपीओ बिक्री गर्न अनुमति दिएको थियो ।

जसमध्ये १५ लाख कित्ता स्थानीयलाई र २२ लाख ५० हजार कित्ता सर्वसाधारणलाई निष्कासन हुनेछ । अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्नेछ । यस आइपीओले ग्रेड ४ रेटिङ पाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here