‘मैले हारेको मान्छेलाई के-के बनाएँ, गौतमको सिफारिस प्रधानमन्त्रीले मान्नै पर्छ,

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिसको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने बताएका छन् ।

शुक्रबार चितवन पुगेर पत्रकारसँग कुरा गर्दै उनले यो निर्णय प्रधानमन्त्री केपी शर्मा ओलीले मान्नुपर्ने बताए । ‘पार्टीको सचिवालय बैठकले गौतमलाई सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको भन्दै महासचिव र प्रवक्ताले यो कुरा सार्वजनिक गरिसक्नु भएको छ। प्रधानमन्त्रीले यो कुरा मान्नुहुन्छ।

तपाईँहरुले एक दुई दिनमा थाहा पाउनुहुन्छ। उहाँले सिफारिस नगर्ने कुरा मैले कल्पनासम्म गर्न सक्दिन। उहाँले गर्नुहुन्छ। मैले त्यत्ति बुझेको हो।

सचिवालयमा रहेका मध्ये उपाध्यक्ष गौतममात्र संघीय सदनमा नभएको भन्दै दुनियाँमा चुनाव हारे पनि जिम्मेवारीमा पुगेको बताए ।

त्यसको नजिर आफैंले बसाइसकेको बताउँदै उनले नेकपा नेता माधवकुमार नेपाललाई तत्कालिन संविधानसभामा लगेकोतर्फ संकेत गर्दै प्रचण्डले थपे,‘मैले हारेको मान्छेलाई ल्याएर के के बनाएँ तपाईहरुले देखिसक्नुभएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here