स‌ंविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको भन्दै श्रील‌ंकाले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने

काठमाडौं । श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतामा हस्ताक्षर नगर्ने भएको छ ।

श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी संविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको निष्कर्ष निकाल्दै सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो ।

हाल प्रस्तावित एमसीसी सम्झौतामा केही व्यवस्था संविधान र राष्ट्रिय सुरक्षामा खलल पुर्‍याउने खालका भएको कारण हस्ताक्षर नगर्ने निर्णयमा पुगेको बताईएको छ ।

यदि उक्त सम्झौताको लागि अमेरिकाले नयाँ ड्राफ्ट बनाए त्यस विषयमा श्रीलंकाली सरकारले पुनरावलकोन गर्न सक्ने पनि बैठकले निष्कर्ष निकालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here