एक साताः शेयर बजारमा झण्डै २०० अंकको छलाङ, साढे १८ अर्बको करोबार

काठमाण्डौं, १६ फागुन । शेयर बजारमा यो साता उछाल देखियो । यो साता सोमवार बाहेक अरु सबै दिन नेप्से परिसूचक बढ्यो ।

एक सातामा शेयर बजारमा झण्डै २०० अंकको वृद्धि भएको छ । साताको पहिलो दिन १ हजार ४ सय ३४.५८ अंकबाट सुरु भएको कारोबार साताको अन्तिम दिन १ सय ९७.५९ अंकले बढेर १ हजार ६ सय ३२.१७ अंकमा पुगेर रोकिएको छ ।

कारोबारमा नयाँ रेकर्ड

यो साता कारोबार रेकर्ड नै रेकर्ड कायम भयो । साताभर कारोबारमा नयाँ रेकर्ड बन्ने र तोडिने क्रम जारी नै रह्यो । साताभर कुल १८ अर्ब ६१ करोड रुपैयाँभन्दा धेरैको करोबार भयो ।

साताको पहिलो दिन आइतवार ३ अर्ब ६० करोड ८५ लाखको कारोबार भएकोमा दोस्रो दिन सोमवार ३ अर्ब ४१ करोड ५ लाख, तेस्रो दिन ३ अर्ब ९९ करोड २१ लख, चौथो दिन ४ अर्ब १५ करोड ४८ लाख र साताको अन्तिम दिन विहिवार ४ अर्ब ४६ करोड ५ लाख रुपैयाँको कारोबार भयो ।

विहिवार भएको कारोबार ४ अर्ब ४६ करोड ५ लाख शेयर बजारको इतिहासकै सबैभन्दा धेरै कारोबार हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here