बाघी ३ पछि अब हिरोपन्थी २ को तयारीमा टाइगर, रिलीज कहिले ?

काठमाडौं । हिरोपन्थी फिल्मबाट भारतिय सिनेमामा डेब्यु गरेका कलाकार टाईगर श्राफ उक्त फिल्मको सिक्वेलको तयारीमा लागेका छन् ।

उनको पछिल्लो फिल्म बाघी ३ प्रर्दशनको तयारीमा छ । यसैबिच उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा फोटो शेयर गर्दै उनी अब हिरोपन्थीको तयारीमा लागेको जानकारी दिएका हुन् ।

उनले शेयर गरेको पोस्टरमा लेखिएको छ, ‘विश्व उसलाई मार्न चाहन्छ’ ।

यो फिल्म सन् २०२१ जुलाई १६ मा रिलीज हुने बताईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here