नेकपाको नेताको दौडधुप, खुमलटारको निर्णय बोकेर माधव नेपाल बालुवाटारमा

काठमाडौं, १६ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) शीर्ष नेताहरूको दौडधुप शुरु भएको छ । वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णयसँगै शीर्षनेतबीच दौडधुप शुरु भएको हो ।

शुक्रबार बिहान प्रचण्डमा निवास खुमलटारमा शीर्षनेताबीच छलफलभएपछि दिउँसो नेकपा अध्यक्षसमेत रहेका ओलीलाई भेट्न नेता नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् ।

खुमलटारस्थित प्रचण्ड निवासमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालसँग भएको छलफलको सन्देश बोकर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेता नेपाल बालुवाटार पुगेका हुन्।

वामदेव गौतमको विषयलाई लिएर सचिवालय बैठकमा रस्साकस्सी परेपछि अब राष्ट्रियसभाको सदस्य गौतम कि खतिवडा को हो ? भन्नेमा अन्योल कायम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here