विमानस्थलमा गैरआवासीय नेपालीका लागि छुट्टै डेस्क सूचारु गर्न माग

काठमाडौं, २६ चैत । गैरआवासीय नेपाली संघ (ओमान)ले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा गैरआवासीय नेपालीका छुट्टै डेस्क सूचारु गर्न माग गरेको छ ।

गैरआवासीय नेपालीहरुले सन् २०१५ देखिनै यस्तो डेस्क स्थापनाको माग गर्दै आएका छन् ।

विमानस्थलमा एनआरएन डेस्कको भाडा, पन्जिकृत सदस्य वितरणसहितको सफ्टवेयर निर्माण लगायत लागत एनआरएनले बेहोर्ने प्रतिवद्धता पनि संघले गरेको छ ।

यसबाट गैरआवासीय नेपालीले सम्मानको अनुभूति गर्र्ने संघको भनाई छ । पन्जिकृत सदस्य शूल्कमा समेत केही वृद्धि गर्न सकिने संघले उल्लेख गरेको छ ।

पञ्जिकृत सदस्यता पाएका गैरआवासीय नेपाली तथा वैदेशिक रोजगारीमा जाने नेपालीलाई सम्मानको अनुभूति गराउन समेत यस्तो डेस्कको आवश्यकता रहेको संघको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here