विश्वकै ठूलो राशीको घोडा दौड कप सुरु, पुरस्कार एक अर्ब

काठमाडौं । विश्वकै ठूलो राशीको साउदी कप सुरु भएको छ । । शनिबारदेखि सुरु भएको साउदी कपको घोडा दौडमा दुई करोड अमेरिकी डलर अर्थात् एक अर्ब नेपाली रुपैयाँ भन्दा बढीको पुरस्कार राशी रहेको छ ।

एक करोड डलर विजेता घोडाले प्राप्त गर्दछ । बाँकी एक करोड डलर त्यसपछिका घोडाहरुले पाउनेछन् । साउदी अरेबियामा हुने उक्त राशीको पुरस्कार रहेको प्रतियोगिताले दुबई विश्वकपलाई पछि पारेको छ । दुबई विश्व कपमा एक करोड २० लाख डलर पुरस्कार राशी रहेको छ ।

घोडा दौडमा विश्वकै कुलिनहरुले सहभागिता जनाउँदैछन् । दौडकै लागि करोडौं पर्ने घोडा खरिद विक्री हुनेगरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here