जन्मने बित्तिक्कै शिशु रिसाएपछि…

काठमाडौं । अस्पतालमा जन्मिएका एक नवजात शिशु देखेर चिकित्सकहरु नै चकित भएका छन् ।
शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन।

उक्त तस्वीर तत्कालै कैद गरियो । त्यो तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। भर्खर जन्मिएकी ती शिशुलाई चिकित्सकले रुवाउन खोजेका थिए। तर उनी रुनुका साटो उल्टै रिसाएकी थिइन्।

घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो। १३ फेब्रुअरीमा एक महिलाले शिशुलाई जन्म दिइन्। नाभी काट्नु अघि चिकित्सकले ती शिशुलाई रुवाउने प्रयास गरे। तर नवजात शिशुले देखाएको रियाक्सनले चिकित्सक चकित परे।

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन्। नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने प्रयास गरिएको थियो। ता की उनको स्वास्थ्य ठिक रहेको र फोक्सोले राम्ररी काम गरिरहेको थाहा होओस्। तर उनी त्यो बेला धेरै रिसाएको प्रतिक्रिया देखाइन्।

उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो। समाचारका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन्।

नवजात शिशु रिसाएको उक्त तस्वीर उनले कैद गरेका थिए।चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन्। तर उनी रोएकी थिइनन्। नाभी काटेपछि भने उनी रुन थालिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here