नेप्से १० अंकले घट्यो, कारोबार रकम ७१ करोड

काठमाडौँ, २५ चैत । केही दिन देखि लगातार बढ्दै आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार भने झण्डै १० अंकले घटेको छ ।

सोमबार ११९१.६८ पुगेको नेप्से परिसूचक मंगलबार १०.५८ अंकले घटेर ११८१.१० मा झरेको छ । मंगलबार कारोबार भएका सबै समूहका परिसूचक घटेका छन् ।

१७० कम्पनीका २७ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ७३ करोड ५१ लाखको कारोबार भएको छ ।

सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचक ८६.५७ अंकले बढ्यो भने जीवन बीमा समूहको सूचक पनि ८३.२ अंकले घटेको छ । त्यस्तै बैंक समूहको सूचक ९.३६ अंकले घटेको छ । अन्य सबै समूहको सूचक घटेको छ ।

म्ंगलबार सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको ६ करोड ४१ लाख रुपैंयाको सेयर कारोबार भयो भने दोस्रोमा कुमारी बैंक लिमिटेडको प्रोमोटर सेयर ५ करोड ७७ लाख रुपैंया बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here