नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार (भिडियो सहित)

काडमाडौं, १८ फागुन । नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता भएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

भरतमोहन अधिकारी स्मृति फाउन्डेसन ,नेपालद्वारा आयोजित कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ । उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन । पहिले पनि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड हानेका थिए ।

हेर्नुहोस भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here