सेयर बजारमा नयाँ उत्साह, कारोबार अब दैनिक ५ घण्टा !

काठमाडौं, १९ फागुन । पछिल्ला केही महिनायता सेयर बजारमा नयाँ उत्साह थपिएको छ । दैनिक कारोबार रकम ५ अर्ब हाराहारीमा पुग्न लागिसकेको छ । अहिले दैनिक ४ घण्टा सेयर कारोबार हुँदै आएको छ ।

सेयर कारोबारको समय दैनिक १ घण्टा बढाएर १० देखि ३ बजेसम्म गरिने भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दैनिक ४ घण्टा सेयर कारोबार गर्दै आएको थियो। अब दैनिक ५ घण्टा सेयर कारोबार हुने भएको छ।

सेयर बजारलाई नियमन गर्दै आएको नेपाल धितोपत्र बोर्डले दैनिक ४ घण्टा हुँदै आएको सेयर कारोबारलाई आगामी दिनमा ५ घण्टा पुर्‍याउने गरी काम गर्न नेप्सेलाई पत्राचार गरको छ।

अहिलेको प्रारम्भिक छलफल अनुसार बोर्डले बिहान साढे १० बजेदेखि दिउँसो साढे ३ बजेसम्म सेयर कारोबार गर्नका लागि उचित हुने निष्कर्ष निकालेको छ । यसैअनुसार नेप्सेसँग पन रायसुझाव मागेको हो ।

यता, नेप्सेले पनि बोर्डले पत्र पठाएको स्वीकार गरेको छ । तर, हालसम्म यसबारेमा नेप्सेमा अहिलेसम्म औपचारिक छलफल भने भइसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here