यस्तो छ आज डलरदेखि रियालसम्मको भाउ

काठमाडौं । विश्व अर्थतन्त्रमा कोरोना भाईरसको प्रभाव परिरहेको सन्दर्भमा सोमवार विदेशी मुद्राको भाउमा भने खासै परिवर्तन भएको छैन् ।

सोमवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमयदरको अनुसार आज अमेरिकी एक डलरको खरिददर ११५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रीदर ११५ रुपैयाँ ८६ पैसा रहेको छ ।

यसैगरी, युरो एकको खरिददर १२७ रुपैयाँ ०९ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७५ पैसा रहेको छ । यसका साथै पाउण्ड एकको खरिददर १४७ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ३५ पैसा र बिक्रीदर २७ रुपैयाँ ५० पैसा रहेको छ।

यता, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७४ पैसा रहेको छ ।

बैंकको तथ्यांक अनुसार आइतवारको तुलनामा विदशी मुद्रामा खासै परिवर्तन भएको छैन् ।

यस्तो छ थप जानकारीः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here