शेयर बजार ६ प्रतिशतले घटेसंगै आजको कारोबार स्थगित

काठमाडौं । सोमवार दोस्रोपटक सर्किट ब्रेक भएपनि शेयर बजारको कारोबार आजको लागि स्थगित भएको छ ।

कारोबार खुला भएको दोस्रो घण्टामा ५ प्रतिशतले घटेको नेप्से पुनः ६ प्रतिशत घटेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

शेयर बजार ६ प्रतिशत भन्दा धेरैले घटेपनि कारोबार पुर्ण रुपमा ठप्प भएको हो ।

सोमवार १ सय ७३ कम्पनीको ४९ लाख ८६ हजार ५ सय ४४ कित्ता शेयर १९ हजार ७ पटक किनबेच हुदाँ २ अर्ब १५ करोड ४४ लाखको कारोबार भयो ।

सोमवार सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै बिमा कम्पीको सूचक घट्यो जसमा निर्जीवन बिमाको ७.४६ प्रतिशत र जीवन बिमाको ७.४५ प्रतिशत घट्यो । त्यस्तै बैकिङ्गको ६.७४ प्रतिशत घट्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here