ठूला लगानीकर्ताको चलाखीले सेयर बजारमा पहिरो

काठमाडौं, १९ फागुन । अर्थमन्त्री डा. युवराज खतिवडा बहिरिने हल्लाले बढेको सेयर बजार फेरि घटेको छ । खतिवडाको निरन्तर नहुने हल्लाले बजारलाई तताएर दिनहुँ रेकर्ड राखेको बजारले सोमबार भने घटेर रेकर्ड बनाएको छ ।

ठूला लगानीकर्ताले चलाखीपूर्ण रुपमा सेयर बेचेर बाहिरिएपछि यसको असर बजारमा देखिएको विश्लेषण गरिएको छ । अर्थमन्त्रीको रुपमा पुनः दोहोर्याउने हल्ला बजारमा छ ।

यसले पनि सेयर बजारमा प्रभाव पारेको हुन सक्ने जानकारहरुको दाबी छ । पुँजी बजारका लगानीकर्ता अर्थमन्त्री नफेरिने भएपछि सेयर बजार घटेको बताउँछन् ।

केही दिन अगाडि अर्थमन्त्री हट्ने भने र बढेको सेयर बजार पुनः खतिवडा नै दोहोरिने भएपछि आज ९६.०६ अंकले सेयर बजार घटेको छ ।

सोमबारको सेयर कारोबार नियमित समय अगाडि नै बन्द भएको छ । नेप्से परिसूचक ६ प्रतिशतले घटेसँगै आजको लागि सम्पूर्ण कारोबार बन्द भएको हो ।

ठूलाको प्रभाव साना लागानी कर्तामा परेको छ । एक साता सेयर बजाको राम्रो प्रभाव देखेर लागानी गर्नेहरु एकैदिन धेरै अंकमा सेयर घट्दा मारमा परेको साना लगानी कर्ताको दाबी छ ।

हुन त अर्थमन्त्री डा. युवराज खतिवडाले पदभार सम्हाले देखिनै सेयर लागानी कर्ताले नरुचाएका व्यक्ति हुन् ।

खतिवडा अर्थमन्त्री भएर आएको केही दिनमै सेयर बजार नियमित रुपमा ओरालो लागेको थियो खतिवडाको विरोधमा राजीनामा समेत मागिएको थियो ।

खतिवडाले सेयर बजार अनुत्पादक भएको टिप्पणी गरेका थिए। उनको धारणा निकै आलोचित बन्यो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रियसभाको सांसद बनेका डा‍‍. खतिवडाको कार्यकाल २० फागुन अर्थात भोली सकिँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here