घर कर्जा खुकुलो, ऋण सापटी ल्याउन सीमा बढ्यो

काठमाडौं, २० फागुन । नेपाल राष्ट्र बैंकले पहिलो पटक घर निर्माण तथा खरिद गर्नेका लागि खुकुलो नीति लिएको छ ।

सोमबार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र बैंकले आवासीय भवनहरुको लागि बैंकबाट दिइने ऋणलाई विगतमो भन्दा खुकुलो बनाएको हो । राष्ट्र बैंकले पहिलो पटक घर किन्न कर्जा लिन चाहने ग्राकहलाई आफ्नो कुल आम्दानीको ६० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ ।

यसअघि ५० प्रतिशतमात्र यस्तो कर्जा दिने व्यवस्था थियो । राष्ट्र बैंकले यस अघि घर कर्जामा कस्दा कर्जा लिएर घर निर्माण तथा खदिर गर्ने ग्राहकलाई अप्ठ्यारो परेको थियो ।

अब भने ग्राहकको मासिक १ लाख कमाइ छ भने उसको ६० हजारसम्म कर्जा लिन पाउने व्यवस्था भएको छ । त्यस्तै राष्ट्र बैंकले बिदेशबाट पैसा ल्याउन सीमा बढाएको छ। नेपाली नागरिक, फर्म तथा संस्थाले ब्यवसाय सञ्चालन वा बिस्तार गर्न विदेशबाट पैसा ल्याउने सीमा बढाइएको हो।

राष्ट्र बैंकले ५ करोडको सीमालाई बढाएको हो। राष्ट्र बैंकको स्वीकृति लिएर भारु १० करोडसम्म ल्याउन सकिने छ।

यसैगरी १० लाख अमेरिकी डलर बराबरसम्म पनि ल्याउन सकिने छ। यस्तो पैसा कम्तिमा ३ बर्षका लागि ल्याउनु पर्ने छ। पैसा सहुलियतपूर्ण ब्याज वा बीन ब्याजमा ल्याउन पाइने छ। यस्तो पैसा ऋण वा सापटीका रुपमा ल्याउन पाइने छ।