कोरोना भाइरसको जोखिम नेपालमा कति ? यस्ता छन् लक्षण र बच्ने उपायहरु

काठमाडौं । विश्वमा नै प्रमुख स्वास्थ्य समस्याको रुपमा फैलिइरहेको कोरोना नामको भाइरसको प्रभाव बढ्न थालेको छ ।

चीनको बुहान राज्यबाट फैलिएको यो संक्रमण अहिले विश्वका धेरै देशहरुमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले नेपाल पनि कोरोना संक्रमण हुनसक्ने देश भनेसंगै नेपालमा कोरोना संक्रमणको त्रास बढ्न थालेको छ ।

डब्लूएचओका अनुसार विश्वमै पहिलोपटक चीनको वुहानकै समुद्री खाद्य बजारमा यो भाइरस देखिएको हो। कोरोना भाइरस ऊट, बिरालो, चमेरोसहित थुप्रै पशुमा प्रवेश गरिरहेको छ।

सन् २०१९ को अन्त्यबाट सुरु भएको कोरोनाको कारण हालसम्म ३ हजारभन्दा धेरै मानिसहरुको मृत्यु भईसकेको छ ।

के हो कोरोना भाइरस ?

संक्रमित व्यक्तिको स्याम्पलको परीक्षण प्रयोगशालामा गरिएको थियो । उक्त परीक्षण पश्चात चीनका स्वास्थ्य कर्मचारी र डब्ल्यूएचओले यो भाइरसको नाम कोरोना बताइएको थियो ।

नयाँ भाइरसको विश्लेषणपछि यो कुरा पत्ता लाग्यो कि अन्य कोरोना भाइरसको तुलनामा ‘सार्स’ को संक्रमण गर्ने क्षमता धेरै हुन्छ ।

सार्स नामको कोरोना भाइरसलाई सबैभन्दा खतरनाक मानिन्छ । सोर्सको कारण चीनमा सन् २००२ मा ८ हजार ९८ जना संक्रमित भएका थिए, जसमध्ये ७ सय ७४ जनाको मृत्यु पनि भयो ।

यी हुन् कोरोना भाइरसको लक्षण

— टाउको दुख्नु
— रुघा
— खोकी
— घाँटीमा दुख्नु
— ज्वरो
— अस्वस्थ भएको अनुभव
— सामान्य अवस्थामा भन्दा धेरै थकाई लाग्नु
— निमोनिया, फोक्सोमा समस्या

कसरी बच्ने यो भाइरसबाट ?

यो संक्रमणबाट बच्नको लागि डब्ल्यूएचओ ले पनि विभिन्न प्रकारका उपायहरु बताएको छ । जुन निम्नानुसार छन्ः

—नियमित रुपमा हात सफा गर्ने

— खोक्दा वा हाच्छिउँ गर्दा मुख तथा नाक छोप्ने

— मासु तथा अण्डा राम्ररी पकाएर खाने

— कोरोना लक्षण लागेको शंका लागेमा मानिसहरुबाट टाढा बस्ने र जतिसक्यो छिटो अस्पताल जाने आदी ।

कति गम्भीर छ यो भाइरस रु

कोरोना भाइरसको कारण संक्रमणमा परेका मानिसहरुमा पहिले रुघा, खोकी, ज्वरो जस्ता समस्याहरु देखिएपनि संक्रमणको मात्रा बढ्दै जादाँ मानिसको मृत्यु समेत हुन्छ ।

कहाँबाट आयो यो भाइरस ?

यो भाइरस अन्य भाइरसभन्दा फरक प्रजातीको छ । यो एक जीवबाट अर्को जीवमा प्रवेश गर्छ र मानिसहरुमा संक्रमण गर्छ । सुरुमा मानिसहरुलाई केही थाहाँ हुदैन् ।

यो भन्दाअघि सार्स नामको भाइरस बिरालो प्रजातिको एक जीवबाट मानिसमा आएको आएको थियो । तर, चीनले यो भाइरसको मुल स्रोतको बारेमा कुनै जानकारी दिएको छैन् ।

नेपालमा जोखिम कति ?

कोरोना संक्रमण बढ्न सक्नै भन्दै नियन्त्रणको लागि काम भईरहेको छ । नेपालमा यसको प्रभाव बढ्न सक्ने भन्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय हवाइ सेवा बन्द गरिएको छ ।

यसका साथै धेरै भिडभाड भएको स्थानमा नबस्न समेत जानकारी दिईएको छ ।

यो भाइरसबाट बच्न हाल कुनै खोप नभएको चिकित्सकको भनाई छ । नेपालमा भयावहको स्थिती नभएपनि सतर्कता भने अपनाउनुपर्ने चिकीत्सकहरु बताउदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here