आईसीसी टी–ट्वान्टी वरीयतामा ३ स्थान खस्कियो नेपाल

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल तीन स्थान तल खस्किएको छ ।

मंगलवार आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयताक्रम अनुसा नेपाल तीन स्थान तल झरेको हो ।

नयाँ वरीयताक्रमसंगै नेपाल १५औं स्थानमा झरेको छ । नेपाल पछिल्लो ८ महिनादेखि १२औं स्थानमा थियो । तर, टी–ट्वान्टीमा निरन्तर खराब प्रदर्शन गरेपछि नेपाल तीन स्थान तल झरेको हो ।

टी–ट्वान्टी वरीयताको पहिलो स्थानमा पाकिस्तान छ भने अष्ट्रेलिया दोस्रो स्थानमा छ ।

इंग्ल्यान्ड, भारत र दक्षिण अफ्रिका क्रमशः तेस्रो, चौथो र पाँचौ स्थानमा छन् ।

एकदिवसीय वरीयतामा भने यथावत १६ औं स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here