धितोपत्र बजारमा सुधार, नेप्से साढे १४ अंकले बढ्दा ३ अर्ब ८५ करोडको कारोबार

काठमाडौं । सोमवार दोहोरो सर्किट ब्रेक लाग्दै कारोबार बन्द भएको शेयर बजारमा मंगलवार सुधार देखिएको छ । आज नेप्से परिसूचक १४.३७ अंकले बढेर १ हजार ५ सय ९.६७ अंकमा पुगेको छ ।

मंगलवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । आज सेन्सेटिभ इन्डेक्स २.६१ अंकले बढेर ३ सय २४.०४ अंकमा पुगेको छ ।

मंगलवार ट्रेडिङ, लघुवित्त र अन्य समुह बाहेक अरु सबै समुहको सूचक घट्यो । लघुवित्तको सूचक ४.६१ प्रतिशत घट्यो भने ट्रेडिङ समुहको सूचक २.१७ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो । निर्जीवनको सूचक २.५४ प्रतिशत बढ्यो । त्यस्तै, सामुहिक लगानी कोष समुहको २.५९ प्रतिशत, जीवन बिमाको २.२१ प्रतिशत बढ्यो ।

सोमवारको तुलनामा मंगलवार कारोबारमा पनि सुधार भएको छ । मंगलवार १ सय ८१ कम्पनीको ८२ लाख ११ हजार २ सय ८९ कित्ता शेयर ३३ हजार ८ सय ९८ पटक बिनबेच हुँदा ३ अर्ब ८५ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here