ऋण चुक्ता नगर्नेको संख्या बढ्यो, ११ हजार ६ सय ऋणी कालो सूचीमा

काठमाडौं, २१ फागुन । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्नेको संख्या बढ्दै गएको छ ।

लिएको ऋण नतिरेपछि चालू आर्थिक वर्षको माघ महिनासम्ममा ११ हजार ६ सय ४३ भन्दा बढी व्यक्ति तथा कम्पनी कालो सूचीमा परेका छन् । कालो सूचीमा पर्नेहरु बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिर्नेहरु हुन् ।

बैंक तथा वित्तीय संस्थाको सिफारीसमा कर्जा सूचना केन्द्रले बैंकहरुको ऋण नतिर्ने व्यक्ति, कम्पनी तथा कम्पनीका संचालकलाई कालो सूचीमा राख्ने र हटाउने काम गदै आएको छ । कालो सूचीमा पर्ने अधिकांश व्यक्ति एकभन्दा बढी व्यवसायमा संलग्न देखिन्छ ।

यसरी एकै व्यक्तिले एकभन्दा बढी व्यवसाय देखाएर ऋण लिने प्रवृत्ति बढ्दै गएको छ । एकै व्यक्तिको फरक फरक र एकभन्दा बढी व्यवसायबाट कर्जा लिएको कर्जा सूचना केन्द्रको भनाइ छ । केन्द्रका अनुसार यसरी कालो सूचीमा पर्नेहरू अधिकांश ७० प्रतिशत चेक बाउन्स भएकाहरू छन् ।

२०४६ सालदेखि अहिलेसम्म खराब ऋणीको छवि बनाउँदै कालो सूचीमा पर्नेको संख्या १७ हजार २ सय ३८ छ । त्यसमा अहिलेसम्म ५ हजार ५ सय ९५ जना ऋणी कालो सूचीबाट हटेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here