तोडफोड र आगजनीको बिषयलाई लिएर नेपाल आदिवासी जनजाती माहाकालीको आपत्ती

दोधारा, २० फागुन । शंकर थापा मृत्यु प्रकरणलाई लिएर माहाकाली नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र मृतक शंकर थापाको घरमा तोडफोड र आगजनी बिषयलाई लिएर नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीले आपत्ती जनाएको छ् ।

मुद्धा खेप्दै आएका मृतक शंकर थापाका सौतनी आमा शुशिला थापालाई अदालतले धरोटीमा छाडेपछि आन्दोलनले उग्ररुप लिएर माहाकाली नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी र मृतक शंकर थापाको घरमा तोडफोड र आगजनी गरेका थियो ।

माहाकाली नगरपालिका वडा नं. ६ अधिकांश जनजाती समुदायको बसोबास बस्ती रहेको र अराजक आन्दोलनले जनजाती बस्तीमा एक आपसमा बितृष्णा र एक आपसमा मनमुटाव हुदै आएको भन्दै जनजाती बस्तीमा शान्ती स्थापना गर्न सबैले सहयोग गर्न आग्रह गरिएको नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीका अध्यक्ष रामचन्द्र थापाले बताएका छन् ।

मंगलबार ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक लाल बहादुर बमलाई प्रेस बिज्ञप्ती बुझाउदै शँन्तीपुर्ण आन्दोलनलाई भड्काएर अराजक आन्दोलनको स्वरुप दिने जोकोहीलाई कानुनको दायारामा लिन आग्रह गरिएको महासंघ नगर समन्वय परिषद् माहाकालीका अध्यक्ष रामचन्द्र थापाले जनाएका छन् ।

घट्नाको निश्पक्ष छानबिन सहित निर्दोशलाई तत्काल रिहा गर्न समेत आग्रह गरिएको उनले बताएका छन् । ‘यहि मिति २०७६–११–०८ गतेका दिन माहाकाली नगरपालिका वडा नं.६ मा शंकर थापा मृत्यु प्रकरणको बिषयलाई लिएर आक्रोशित समुहले माहाकाली नगरपालिका कार्यालय, ईलाका प्रहरी कार्यालय र मृतक शंकर थापाको घरमा अमानविय तरिकाले तोफोड र आगजनी गरेको घट्ना प्रति महासंघ नगर समन्वय परिषद् माहाकालीको घट्ना प्रति गम्भिर ध्यानाकर्षण भएको छ् ।

उक्त आवान्छनिय घट्ना प्रति महासंघ नगर समन्वय परिषद् माहाकाली घोर भत्र्सना गर्दछ् । शंकर थापाको मृत्युलाई स्थानियहरुले शंकास्पद् घट्नाकोरुपमा हेर्दै आएको र उनको माउली तर्फ मुद्धा दायर भएको थियो र मुद्धा अदालतमा बिचारधिन रहेको र अदालतको आदेश अनुसार रु २५ हजार धरौटीमा आरोपित मृतक शंकर थापाको सौतेनी आमा शुशिला थापा रिहा भएको र अदालतमा उहाँको मुद्धा बिचारधिन छ् ।

सो घट्नालाई लिएर अपहावको भरमा सार्वजनिक सम्पती र निजी सम्पत्ती माथी तोडफोड र आगजनी प्रति नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकाली आपत्ती प्रकट गर्दछ् ।

यस्तो अवस्थामा सम्माननिय अदालतको आदेशलेनै समाजमा पुन: सदभाव र भाईचारा स्थापित हुनेमा बिश्वस्त हुदै अवका दिनहरुमा यस्ता अवान्छित क्रियाकलापमा संलग्न नहुन सम्पुर्ण नगरबासीमा अनुरोध गर्दै घट्नाको निष्पक्ष छानबिन गरि निर्दोषलाई तत्काल रिहा गरिदिनहुन ईलाका प्रहरी कार्यालय मार्फत नेपाल सरकारलाई माग गर्दर्छौ’ नेपाल आदीबासी जनजाती महासंघ नगर समन्वय परिषद् माहाकालीले आज जारी गरेको प्रेस बिज्ञप्तीमा भनिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here