एकैदिन प्रतितोला २२०० रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं, २१ फागुन । बुधवार छापावाल सुनको मूल्य प्रतितोला २२०० रुपैयाँ बढेको छ ।

मंगलवार प्रतितोला ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज एकैदिन २२०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्य पनि प्रतितोला २२०० रुपैयाँले नै बढ्यो ।

मंगलवार प्रतितोला ७८ हजार रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार २२०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार २०० रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढ्यो । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here