कोरोना रोक्न पशुपतिमा विशेष पूजादेखि गंगा आरतीसम्म

काठमाडौं, २१ फागुन । विश्वमा फैलिएको कोरोना भाइरस रोक्न तथा संस्कृतीको प्रवद्धन गर्न झापाको कनकाई नगरपालिकास्थित कनकाई माई किनारामा एक दिने कनकाई माई गंगा आरती हुने भएको छ ।

कनकाई नगरपालिका र कोटीहोम धार्मिक विकास संस्थाको सरक्षण र कनकाई उद्योग बाणिज्य संघको व्यावस्थापनमा आगामी फागुन २३ गते शुक्रवारका दिन कनकाई माइ किनारामा एकदिने गंगा आरती गरिन लागेको पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराइएको हो ।

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष एलपी बुढाथोकीले ३ दिने धार्मिक महोत्सवको गरिएकोमा कोरोना भाइरसका कारण सबै कार्यक्रम स्थगित गरेर कोरोना भाइरसबाट मुक्तिका लागि गंगा आरतीमात्रै गरिन लागेको जानकारी दिए ।

आरतीका लागि बनारसबाट पण्डितहरु बोलाइएको समेत जानकारी दिए । त्यस्तै चीनबाट सुरु भई विश्वका ७७ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस भनेर राष्ट्रदेव पशुपतिनाथमा विषेश पूजापाठ गराउन तयारी समेत थालिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here