यी हुन् सन् २०२० भित्र निर्माण सम्पन्न हुने विश्वका पाँच महङ्गा स्टेडियम (भिडियो सहित)

काठमाडौं । विश्वमा खेलकुदको लागि वर्षेनी खर्बौ रकम खर्च भईरहेको हुन्छ । यसको लागि धेरै लगानीमा स्टेडियमहरु पनि निर्माण गरिन्छ ।

सन् २०२० मा पनि लाखौं मानिसहरु अट्ने गरी खर्बो खर्ब डलर खर्च गर्दै स्टेडियमहरु निर्माण भईरहेका छन् ।

यी स्टेडियमको लागत १०० मिलियन डलरदेखि झण्डै पाँच बिलियन डलरसम्म रहेको छ ।

यी हुन् महङ्गा स्टेडियमः

५. सादर पटेल स्टेडियम (भारत)

भरतको यहेम्दाबादमा निर्माण भईरहेको यो क्रिकेट स्टेडियम सन् २०२० मा निर्माण सम्पन्न हुने विश्वको पाँचौं महङ्गो स्टेडियम हो ।

विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम सम्म रहेको यो स्टेडियमको कुल लागत १०० मिलियन अमेरिकी डलर रहेको छ ।

यस स्टेडियममा १ लाख १० हजार भन्दा धेरै मानिस अट्न सक्ने क्षमता छ ।

४. ओलम्पेक्यु डिपाम्बे (आइभरी कोष्ट)

आइभरी कोष्टमा निर्माण भईरहेको ओलम्पेक्यु डिपाम्बे फुटबल स्टेडियम सन् २०२० मा निर्माण सम्पन्न हुने विश्वकै चौंथो महङ्गो स्टेडियम हो ।

२० हेक्टर क्षेत्रफलमा फैलिएको यो स्टेडियमको लागत १०३ मिलियन अमेरिकी डलर रहेको छ भने यसमा ६० हजारभन्दा धेरै दर्शकहरु अट्न सक्ने क्षमता छ ।

३. ग्लोब लाइफ फिल्ड (अमेरिका)

संयुक्त राज्य अमेरिकामा निर्माण भईरहेको ग्लोब लाइफ फिल्ड स्टेडियम सन् २०२० मा निर्माण सम्पन्न हुने विश्वकै तेस्रो सबैभन्दा महङ्गो स्टेडियम हो ।

अमेरिकाको टेक्सासमा निर्माण भईरहेको यो स्टेडियमको कुल लागत १.१ बिलियन डलर रहेको छ भने यसमा ६० हजारभन्दा धेरै दर्शक अट्न सक्ने क्षमता छ ।

२. एलिगिएन्ट स्टेडियम (अमेरिका)

अमेरिकाको लस भेगसमा निर्माण भईरहेको यो स्टेडियम सन् २०२० मा निर्माण सम्पन्न हुने विश्वकै दोस्रो महङ्गो स्टेडियम हो ।

१.८ बिलियन कुल लागत भएको यो स्टेडिममा ६५ हजारभन्दा धेरै दर्शक अट्न सक्ने क्षमता छ ।

१. सोफी स्टेडियम (अमेरिका)

अमेरिकाको क्यालिफोर्नीयामा निर्माण भईरहेको सोफी स्टेडियम सन् २०२० भित्रै निर्माण सम्पन्न हुने विश्वकै सबैभन्दा महङ्गो स्टेडियम हो ।

हलिउड पार्क रेसट्र्याक नामले पनि चिनीने यो स्टेडियमको कुलm लागत ४.९३ बिलियन रहेको छ । यसमा ७० हजारभन्दा धेरै दर्शक अट्न सक्ने क्षमता छ ।

थप जानकारीको लागि भिडियो हेर्नुहोस्ः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here