गोरखामा बन्दाबन्दैको पुल ढल्यो

काठमाडौं । गोरखाको पालुङटार र तनहुँ जोड्ने निर्माणाधीन पुल ढलेको छ ।

पालुङटार र तनहुँ तुरतुरे जोड्ने मर्स्याङ्दी नदीमाथि निर्माणको क्रममा रहेको पुल मंगलबार राति ढलेको हो।

पुलको ढलान गर्न छड कसिरहेका तीन जना कामदार घाइते छन् ।

उक्त पुल ४३ मिटर लम्बाइको थियो । पुल किन ढल्यो भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here