शेयर बजारमा पहिरो, नेप्से साढे ६८ अंकले घट्दा २ अर्ब ९० करोडको कारोबार

काठमाडौं, २१ फागुन । बुधवार नेप्से परिसूचक ६८.४७ अंकले घटेर १ हजार ४ सय ४१.२० अंकमा झरेको छ । यो संख्या मंगलवारको तुलनामा ४.५४ प्रतिशत कम हो ।

बुधवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि घट्यो । सेन्सेटिभ इन्डेक्स १५.१७ अंकले घटेर ३ सय ८.८७ अंकमा झरेको छ ।

बुधवार कारोबारमा आएका सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै लघुवित्त समुहको सूचक घट्यो । लघुवित्तको सूचक ६.१६ प्रतिशत घट्यो ।

त्यस्तै, निर्जीवन बिमाको ६.१० प्रतिशत, जीवन बिमाको ५.२१ प्रतिशत, बैकिङ्ग समुहको ४.५४ प्रतिशत घट्यो ।

बुधवार कारोबारमा पनि कमी आएको छ । आज १ सय ७४ कम्पनीको ६७ लाख ७१ हजार १ सय ४१ कित्ता शेयर २९ हजार २ सय ३१ पटक किनबेच हुँदा २ अर्ब ९० करोड रुपैयाँका कारोबार भयो ।

बुधवार सबैभन्दा धेरै सामुदायीक लघुवित्त वित्तीय सस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ५.१७ प्रतिशत बढ्यो । त्यस्तै, रिलायन्स फाइनान्सको ५.०४ प्रतिशत बढ्यो भने अन्य कम्पनीको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेशनल लघुवित्त, नेपाल सेवा लघुवित्त, स्वदेशी लघुवित्त र कालिका माइक्रो डेभलभमेन्ट बैंकको शेयर धनी रहेका छन् । यी चारवटै कम्पनीको शेयर मूल्य १० प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले २६ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here