विहिवार पनि बढ्यो सुनको मूल्य

काठमाडौं, २२ फागनु । विहिवार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको छ ।

बुधवार प्रतितोला ८० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यमा विहिवार २०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

विहिवार तेजावी सुनको मूल्य पनि प्रतितोला २०० रुपैयाँले नै बढ्यो ।

बुधवार प्रतितोला ८० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्यमा मंगलवार २०० रुपैयाँ बढ्दै प्रतितोला ८० हजार ४ सय रुपैयाँ कायम भएको छ ।

विहिवार चाँदीको मूल्यमा भने कुनै परिवर्तन भएन । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here