काठमाडौंमा चल्न थाल्यो ९ ब्रुमर, दैनिक ८ सय टन फोहर संकलन !

काठमाडौं, २२ फागुन । काठमाडौं महानगरपालिकाले सडक बढार्न ९ बटा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालनमा ल्याएको छ ।

महानगरको नागरिकलाई स्वच्छ हावा र स्वस्थ वातावरण दिने भन्दै महानगरपालिकाले यसअघि सातावटा ब्रुमर सञ्चालनमा ल्याएको थियो ।

हालसालै थपिएको दुई ब्रुमर सञ्चालनमा आएसँगै महानगरसँग ब्रुमरको संख्या ९ पुगेको हो । ७ वटामध्ये ५ वटा ब्रुमर २०७५ चैत्र १२ गतेदेखि काठमाडौंका मुख्य–मुख्य सडक बर्ढान प्रयोगमा ल्याएको थियो ।

काठमाडौंका सडकको धूलो बढार्न महानगरले करीब ११ करोडमा ५ वटा इटालियन ब्रुमर खरीद गरेको थियो ।

थप २ वटा ब्रुमर चीनको छेन्दु नगरले अनुदानका रूपमा दिएको हो । चीनको छेन्दु नगरले दुई ब्रुमर २०७५ असार १ गते महानगरलाई हस्तान्तरण गरेको थियो ।

ती ब्रुमरले बल्खु, कालीमाटी, टेकु, सुन्धारा, लैनचौर, दरबारमार्ग, पुरानो बानेश्वर, मध्यबानेश्वर, भद्रकालीलगायतका सडकको धुलो सफा गर्दै आएको थियो ।

अहिले भित्रिएको ब्रुमरले हाल कलंकी, गौशाला, एरपोर्ट, कोटेश्वर, ट्ङकेश्वर कालीमाटी, न्यूरो हस्पिटल लगायतका स्थानमा सरसफाइका लागि प्रयोग भइरहेको महानगरले जनाएको छ ।

हाल नेपालमा दैनिक १५ सय टन फोहर उत्पादन हुन्छ । उपत्यकामा मात्र दैनिक ८ सय टनका हाराहारीमा फोहर संकलन हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here